२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार: नेता आचार्य



अ+ अ-

रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ईन्जिनियर मोहन आचार्यले निर्वाचन पछि काग्रंस नेतृत्वमा सरकार बन्ने बताउनु भयो।

निर्वाचन प्रचारप्रसारको क्रममा रसुवाका विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता आचार्यले काग्रंस नेतृत्वमा बन्ने सरकारले विकास र संबृघ्दिलाई प्राथमिकता दिने बताउनु भयो।

कांग्रेस सरकारले ग्रामीण अर्थतन्त्रको विकासका लागि काम गर्ने भन्दै उहाँले यसले रोजगारी सृजनामा सधाउने बताउनु भयो ।

रसुवाको संबृघ्दिनै आफ्नो प्रमुख प्राथमिक्तामा रहेको बताउदै उहाँले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनकालागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उहाँले बताउनु भयो।

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताउनु भयो ।

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उहाँले बताउनु भयो ।

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताउनु भयो। त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उहााले बताउनु भयो ।

भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ति निर्माण गरिएको बताउनु भयो।