२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुनेः डा सुनिल शर्मा



अ+ अ-

काठमाडौँ । संयुक्त लोकतान्त्रिक बाम गठवन्वन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मेरङ क्षेत्र नम्बर ३ का साझा डा सुनिल शर्माले निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने बताउनु भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ को आइतवारेमा भएको कोणसभामालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले भोट माग्न आउदा जनताले देखाएको अपार मायाँ र आफुमाथि गरेको विश्वास आप्ना लागि सवैभन्दा ठुलो सम्पति भएको बताउनु भयो । जनताले गरेको यो मायाँ र भरोसा कहिले पनि टुट्न दिने छैन शर्माले भन्नु भयो ‘स्वास्थ्य, शिक्षा देखि भौतिक पुर्वाधारको विकाशमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’

आम नागरिकका लागि स्वास्थ्यमा पहुच बढाउन स्वास्थ्य विमा कार्यक्रमलाइ अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माको भनाइ थियो । आफु यस अघिका सांसद जस्तो चुनाव तिजेपछि कतै नहराउने र जनताको जुन सुकै सुख दुखमा संगै रहेको बाचापनि शर्माले गरेका छन । कार्यक्रममा शर्माले मोरङमा गठवन्ध आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गर्नुभयो ।

देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठवन्धन गरेका छौं शर्माले भन्नुभयो ‘तर मोरङमा सवैभन्दा बलियो गरि गठवन्धन भएको छ ।’ प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार नहुदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकाश र लोकतन्त्रका लागि गठवन्धनलाइ जिताउन आफुभन्दा बढी खटेर लागेको शर्माको भनाइ थियो ।

टोल टोलबाट खबर आइरहेको छ शर्माले भन्नुभयो ‘गठवन्धन आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन गठवन्धनका शिर्षनेता , उम्मेद्वार देखि गाँउ कमिटिसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठवन्धनको जित सुनिश्चि भएको शर्माको भनाइ थियो ।