२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न संसदीय विशेष समितिको सुझाव(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय सरकारमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न सुझाव दिएको छ ।

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाको संयोजकत्वको समितिले बुधबार बुझाएको प्रतिवेदनमा केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न सुझाव दिएको हो ।

प्रतिवेदनमा प्रदेश मन्त्रालय र मन्त्रीको संख्या बढ्दा प्रशासनिक खर्चमा भएको वृद्धि लगायतका कारण आम जनतामा संघीयताप्रतिको विश्वासमा कमी आएको र व्यवस्थाप्रति नै नकारात्मक धारणा प्रवाह भएकाले मन्त्रालयको संख्या घटाउन सुझाव दिइएको छ ।

मन्त्रिपरिषद्को आकार सानो बनाउनका लागि आवश्यक संविधान संशोधन गर्न पनि समितिले सुझाव दिएको छ । संविधानअनुसार धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएकाले संघीय सरकारमा पनि मन्त्रालय संख्या घटाउन समितिले सुझाव दिएको छ ।

विशेष-समितिका-सिफारिस