१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेमा नेपाल लचिलो, भेटिएन मिलनबिन्दु



अ+ अ-

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएको प्रतिनिधिसभा पुनस्थापनालगायत महत्त्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरुपणमा भने सशक्त रुपमा उत्रिन सकेका छैनन् ।  

पार्टीको आन्तरिक विवाद निरुपण गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रुपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् । तर, अझै मिलनबिन्दु भेटिएको छैन ।

पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन । नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।