१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नदिएको परीक्षामै ग्रेडिङ !



फाईल फोटो
अ+ अ-

काठमाडौं । परीक्षा नदिएको विषयमा पनि ग्रेडिङ गरिएको पाइएको छ। अनिवार्य गणितमा प्रयोगात्मक परीक्षा हुँदैन। तर, बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षाफलमा अनिवार्य गणितको प्रयोगात्मकमै ग्रेडिङ गरेको पाइएको हो।

परीक्षाफलको ग्रेड सिटमा अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ नम्बर पाएका रमण सापकोटाले आफू अन्योलमा परेको सुनाए। उनले सुरुमा परीक्षाफल आफ्नो नभएको हो कि भनी झुक्किएको समेत सुनाए।

‘सिम्बोल नम्बर र जन्ममिति सबै मिल्छ। विद्यालयको नामसमेत मिल्छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर ग्रेडिङ सिटमा परीक्षामै नदिएको अनिवार्य गणितको प्रयोगात्मकमा पनि ग्रेडिङ गरिएको देखेर झुक्किएँ, दोहोर्‍याई तेहेराई परीक्षाफल हेरेँ केही फरक भएन। अन्योल बढ्यो।’

उनले विद्यालयले पो त्रुटिपूर्ण ग्रेडिङ गरेको हो कि भनी विद्यालय र विषय शिक्षकसँग बुझ्दा बोर्डबाटै त्रुटि भएको जानकारी दिएको सुनाए।

बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने आफूहरूको वेबसाइटमा कुनै त्रुटि नभएको र उक्त त्रुटिबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रतिक्रिया दिए। उनले त्यस्तो त्रुटि नहुनुपर्ने समेत बताए। अध्यक्ष पौडेलले अरू सेवाप्रदायक संस्थालाई दिएको परीक्षाफलमा गल्ती गरेको हुन सक्ने भन्दै बोर्डको आधिकारिक वेबसाइटमा हेर्न सुझाए। राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।