
काठमाडौँ । नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो ।
उनका अनुसार घोषणपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् ।
महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समूहले चुनावको घोषणापत्र तयार गरेको हो ।