१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्नुपर्छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाईटीका लगाउनुभएको छ ।

बिहीवार भाईटीकाको अवसरमा शुभ साईतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातवाटा भाईटीका लगाउनुभएको हो । ओलीले बालकोटामा भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गर्नुभयो । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिनुभएको थियो ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाईटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताउनु भयो । उहाँले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताउनु भयो । उहाँले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र संवद्र्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताउनु भयो । उहाँले आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा चाडपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाईटीकाको दिन हुँदैन थियो भने दिदिबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाईटीकाको कारणले सम्भव छ । चाडहरु विशेष अर्थ र महत्वका हुन्छन् । यो पनि विशेष अर्थ र महत्वको छ । यिनीहरुको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ ।

हाम्रो संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी छ । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड,पर्व इतिहासहरुलाई हामीले संरक्षित गर्नु र संवद्र्धन गर्न जरुरी छ । कमजोर पक्ष छन् भने हटाउन जरुरी छ । आजको जमाना किंवदन्तीको होइन, डेटाको हो । तथ्य, तथ्यांक, प्रमाण, तर्कको जमाना हो, अन्धविश्वासको होइन । त्यसैले हामी तथ्यमा र विश्वासमा जान चाहन्छौँ । हामीले कुनैपनि कुरालाई तथ्यसंगत अघि बढाउन जरुरी छ ।’

अध्यक्ष ओलीले नेपाली चाडपर्वहरु महत्वपूर्ण र विशेषताहरुले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गर्नुभयो ।