१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साउथह्याम्प्टनसँग बराबरी खेल्दै आर्सनलले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्प्टनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा ११ औं मिनेटमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेलको दास्रो हाफको ६५ औं मिनेटमा स्टुआर्ट आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्प्टनलाई हारबाट जोगाए ।

बराबरीसँगै ११ खेलबाट २८ अंकसहित आर्सनल शीर्षस्थानमा यथावत छ । साउथह्याम्प्टन १२ खेलबाट १२ अंकसहित १५ औं स्थानमा छ ।