२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अरु पार्टी प्रतिष्पर्धा गर्न योग्य छैनन्, हाम्रो प्रतिष्पर्धी एमाले होः अध्यक्ष लिङदेन(भिडीयोसहित)



फाईल फोटो
अ+ अ-

काठमााडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा एमालेसँग हुने बताउनुभएको छ ।

आईतवार काठमडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गर्नुभयो ।

अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताउनु भयो । उहाँले काँग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताउनु भयो । अध्यक्ष लिङदेनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताउनु भयो । उहाँले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जो नेतृत्व पटकपटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ । यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन । अहिले काँग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरु राप्रपाको सक्रियता खोजिरहेका छन् । अहिले काँग्रेस, कम्युनिष्टको झण्डा घरधुरीमा राखेर भएपनि राप्रपालाई भोट दिन मान्छे तयार छन् । यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन ।’

‘यसपटक राप्रपाको चुनावी पतिष्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरुको त हिसावकिताव नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । काँग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् । अनि सरकार बनाउँछु, सरकारको नेतृत्व गर्छु र आगामी दिनमा प्रधानमन्त्री हुन्छु भन्छन्, नेकपा एमालेको हाराहारीमा उम्मेदवारी प्रश्तुत गर्नसक्ने राप्रपा मात्रै हो । हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौँ, आज १४० सिटमा छ । अप्रत्याशित रुपमा परिणाम आउने छ ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसका मतदाताहरुले किसुन जी, गणेशमान सिंह र बिपी कोईरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताउनु भयो । उहाँले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टी राप्रपालाई जिताउनुको कुनै विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किसुनजी, गणेशमान सिंह र बिपी बाबुको सिद्धान्त मान्नुहुन्छ की प्रचण्डपथमा जानुहुन्छ रु आगामी निर्वाचनले तय गर्नेछ । राष्ट्रवादी व्यक्ति र पार्टी राप्रपालाई आगामी निर्वाचनमा जिताउनुको विकल्प छैन । काठमाडौंको २ नम्बर क्षेत्र कर्णाली भएको छ ।’

उम्मेदवार पोखरेलले काठमाडौं क्षेत्र नम्बर २ विकास निर्माणमा कर्णाली भन्दा कमजोर रहेको जिकिर गर्नुभयो ।