१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेको बैठकमा गएका बामदेव बैठक छाडेर यसकारण भागे



अ+ अ-

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए ।

विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका अधिकारहरू’ भन्ने शीर्षक राखेर अरू अधिकार थप्न गौतमले सुझाएका थिए । ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने बुँदा पनि थप्नुस्,’ उनले भनेका थिए, ‘अनुशासनात्मक कारबाहीसम्बन्धी धाराको व्यवस्थालाई परिमार्जन गरेर कतिलाई अपराधी भन्न सकिने, कतिलाई गद्दार र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने बुँदा पनि थपौं ।’

राजनीतिक मतभिन्नताका सन्दर्भमा ओलीले नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको भन्दै गौतमले भने, ‘अध्यक्षले यस्तो भन्न पाइन्छ भन्ने व्यवस्था पनि गरौं तर अध्यक्षले अनुशासन उल्लंघन गर्दाचाहिँ के गर्ने ?’

गौतमले बैठकमा आफूले छुट्टै प्रतिवेदन ल्याएको र त्यसलाई छलफलको विषय बनाउन आग्रह गरेका थिए तर ओलीले अस्वीकार गरेपछि उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भन्दै हिँडेका थिए । ‘केपीको अत्याचार सहन सक्ने स्थिति छैन, उनलाई जे–जे लाग्छ, त्यो हामीले मान्नैपर्छ भन्ने कुरा आयो, मैले ती सबै कुराको प्रतिवाद गरें,’ उनले भने, ‘मेरो छुट्टै डकुमेन्ट छ । त्यसलाई छलफलमा लैजान भनें । उनीहरूले मानेनन् । त्यसपछि म हिँडें ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।