११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा उहाँले आज थप १८ सदस्य मनोनित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

समिति सदस्यमा किरणबाबु श्रेष्ठ, जनकराज कलौनी, रेशमबहादुर बानियाँ, नरेन्द्र कुमाल, विमल गौचन, नरभान कामी, छायाराम खनाल, दीर्घराज काफ्ले, बलबहादुर गुरुङ, नवलबहादुर मल्ल, धर्मानन्द भट्ट, मनकुमारी गुरुङ, अर्जुनप्रकाश अर्याल, दीपकराज गुरुङ, गणेशबहादुर बस्नेत, मानबहादुर चन्द, अनिलकृष्ण प्रसार्इं र दानबहादुर बम मनोनित हुनुभएको छ । रासस