१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माधबलाई पठाईएको स्पष्टीकरण पत्र नेकपा एसले बुझ्न मानेन



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले पठाएको पत्र बुझ्न नेकपा एसको केन्द्रीय कार्यलयले अस्वीकार गरेको छ ।

निर्वाचन आचारसंहिता बिपरित कार्य गरेको भन्दै आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण दिन पठाएको पत्र पठाएको थियो ।

पत्र लिएर गएका आयोगका कर्मचारीलाई नेकपा एस को कार्यलय सदस्यले पत्र नबुझ्ने भन्दै फिर्ता पठाईदिएका छन् । नेपाललाई सम्बोधन गरेर स्पष्टीकरण मागेको पत्र पार्टी कार्यालयले बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकमार्फत र पार्टीलाई इमेलमार्फत पठाउने तयारी गरिरहेको आयोग स्रोतले जानकारी दियो ।

थप समाचारमाधब नेपाललाई कारबाहीको निर्देशन लोकतन्त्र विपरीत नेकपा एस

आयोगले लेखेको पत्रमा भनिएको छ, उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते हैु भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

थप समाचार-माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र 

हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।