२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नवौँ राष्ट्रिय खेलकुद: कराँतेका सबै इभेन्ट सम्पन्न



अ+ अ-

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् ।

कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद शेख आलम, विजय श्रेष्ठ, चन्द्र सुनार, सुशील पौडेल र सन्तोष राइले स्वर्णपदक हात पार्न सफल हुनुभएको छ ।

त्यसैगरी गण्डकी प्रदेशका राजनकुमार पाइजा, प्रतीक घर्तीमगर, सक्षम लामा, विशाल थापा मगर, अङ्कित गुरुङ शेरचन, प्रज्वल गुरुङ र सुमन बानियाँले रजतपदक हात पार्न सफल हुनुभएको छ ।

यस्तै आजै सम्पन्न भएको महिला टिम कुमुटेमा बागमती प्रदेशका रोजिता ढुङ्गेल, रमिता माझी, कोपिला लिम्बू र सोनु श्रेष्ठले टिमलाई स्वर्णपदक जिताउन सफल भएको छ । नेपाल प्रहरीका सोनी राई, सविना श्रेष्ठ, एरिका गुरुङ र सुनिता महर्जनले रजतपदक हात पार्न सफल हुनुभएको छ ।

उन्नाइस इभेन्टमा नौ स्वर्णपदकसहित नेपाल प्रहरी टिम च्याम्पियनसहित मेडल हात पार्दै प्रगियोगितामा उत्कृष्ट सावित भएको छ । खेल सकिएसँगै खेलाडी घर फर्किनेक्रम सुरु भएको खेल संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो । रासस