
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विदाई भेट गर्नुभएको छ ।
बुधबार दिउँसो शितल निवासमा भएको भेटमा नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी चीन फर्कँदै हुनुहुन्छ । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा उहाँ नेपाल आउनुभएको थियो ।