१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

के प्रविधिले लेखकलाई पुस्तक लेख्न सघाउन सक्छ ?



अ+ अ-

एजेन्सी । प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वेन उपन्यास लेख्न सिक्न सकिन्छ भन्ने मानिसहरूको खिसीटिउरी गर्थे।

'उपन्यास लेख्ने प्रतिभा नलिई जन्मेको व्यक्तिले उपन्यास लेख्न प्रयास गर्दा निकै गाह्रो हुन्छ,' उनले भन्थे। 'त्यो व्यक्तिसँग कथाको स्पष्ट खाका हुँदैन। वास्तवमा ऊसँग कथा नै हुँदैन।'

ब्रिटिश लेखक स्टीभन फ्रे यो कुरालाई अर्कै हिसाबले प्रस्तुत गर्छन्। उनको विचारमा जसलाई पुस्तक लेख्न धेरै गाह्रो हुन्छ भन्ने थाहा हुन्छ त्यो नै सफल लेखक हुन्छ।

युनेस्कोका अनुसार प्रत्येक वर्ष विश्वभरि २२ लाख पुस्तक प्रकाशन हुन्छ। यो सङ्ख्यामा सबैखाले किताबहरू पर्छन्।

धेरै जस्तो लेखकहरूका लागि लेखन प्रक्रिया ट्वेनले पुस्तक लेखेको समय अर्थात् १९औँ शताब्दीको अन्त्यतिर जस्तै छ। कथाको खाका लेखेर त्यसलाई विकास र परिष्कृत गर्दै लगेर उपन्यास लेखिन्छ।

तर हिजोआज प्रविधिको प्रयोगले लेखकहरूलाई केही सहज भएको छ। तथ्याङ्कशास्त्रीबाट लेखक बनेका अमेरिकी माइकल ग्रीनले लेखन प्रक्रियालाई सहज बनाउन प्रविधिको प्रयोग आफ्नो पहिलो पुस्तक आधाआधी लेखेपछि हो।

ग्रीनले ५०० पाना कथा लेखेपछि त्यसलाई व्यवस्थापन गर्न असहज हुँदै गएको सम्झना गर्छन्। 'सम्पादन गर्दै गर्दा मलाई लाग्यो मैले धेरै नै उपकथा र पात्रहरू राखेँ,' उनले भने।

'मैले निर्माण गरिरहेको विश्वको सूक्ष्म कुरा लेखिएका दस्ताबेजहरू थिए र म ती सबै सम्झिन सक्दिनँ कि भन्ने पीर पर्‍यो। त्यसपछि मैले आफ्नो तथ्याङ्क वैज्ञानिकको मस्तिष्कलाई काममा ल्याएर कठिन समस्यालाई ससानो अंश बनाएर समाधान खोज्ने उपाय प्रयोग गरेँ।'

ग्रीनले जे बनाए त्यो लिनिट हो। लिनिट लेखकहरूलाई पात्र, उपकथा र घटनाक्रमलाई योजनाबद्ध गर्ने र उनेर कथा बनाउने डिजिटल प्लेटफर्म हो।

अहिले यो एप परीक्षणमा छ र केही लेखकहरूले प्रयोग गरिरहेका छन्। अहिलेलाई निःशुल्क रहेको एपमा प्रयोगकर्ताले 'कथाको नक्सा' बनाउन सक्छन्।