१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शताब्दी पुरुष जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने



अ+ अ-

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाई अध्ययनका लागि राखिने भएको छ ।

किष्ट मेडिकल कलेजमा उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने अस्पतालले जानकारी दिएको छ ।

जोशीले मरणोपरान्त आफ्नो मृत शरीर किस्ट मेडिकल कलेज शिक्षण अस्पताललाई दान दिने सार्वजनिक घोषणा गरिसकेका थिए ।

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको प्रांगणमा राखि राष्ट्रिय सम्मान दिएपछि पार्थिव शरीर पुन: किस्ट अस्पतालमा अध्ययनका लागि राखिने भएको छ ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । उनको किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।