१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाङ्ममय शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जली तथा राष्ट्रिय सम्मानका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने



अ+ अ-

काठमाडौं । १०२ वर्ष ६ महिनाको उमेरमा प्राण त्यागेका संस्कृतिवीद् सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने राष्ट्रिय सम्मान दिएपछि पार्थिव शरीर पुन: किस्ट अस्पतालमा ल्याइने भएकाे छ ।

इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशीले धर्तिमा माइला टेकेको ठीक १०२ वर्ष ६ महिना प्रवेश गरेकै दिन अर्थात २०७९ साल असोज ३० गते आइतबार विहानै धर्ति त्यागेका छन् ।

पिता शंकरराज जोशी र माता राजकुमारी जोशीको जेठा छोराको रुपमा उनी १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्वहालमा जन्मेका थिए । किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्को, ललितपुरको सघन उपचार कक्षमा उपचाररत जोशीको आइतबार विहान निधन भएको अस्पतालका मेडिकल निर्देशक प्रा।डा।सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्यमा सुधार देखिएपछि केहीदिन अघि उनलाई अस्पतालको डिलक्स क्याविनमा सारिएको थियो । तर उनलाई दिइएको एन्टिबायोटिक्सले काम नगरेपछि उनलाई फेरि सघन उपचार कक्षमै लगि थप उपचार थालिएको थियो ।

छातीमा निमोनिया संक्रमण र पिशाव थैलीमा संक्रमण देखिएपछि उनको उपचार भईरहेको थियो । असोज ७ गते उनलाई अस्पताल भर्ना गर्दा पिसावमा संक्रमण, मुटुको समस्याको साथै डेंगुको संक्रमण देखिएको थियोे ।

मरणोपरान्त आफ्नो मृत शरीर किस्ट मेडिकल कलेज शिक्षण अस्पताललाई दान दिने सार्वजनिक घोषणा गरिसकेका छन् ।