२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आजदेखि सुरु हुँदै टी–२० विश्वकप



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । छनोट चरणअन्तर्गत पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेल २०१४ को च्याम्पियन श्रीलंका र नामिबियाबीच बिहान ९ः४५ बजे हुनेछ ।

त्यस्तै, दोस्रो खेल दिउँसो १ः४५ बजे युएई र नेदरल्याण्ड्सबीच हुनेछ । दुवै खेल जिलङको सिमन्ड्स स्टेडियममा हुनेछ ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूहबाट शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ मा – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

यसैगरी, सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०१४ को टी–२० विश्वकप विजेता र हालै एसिया कपको उपाधि जितेको श्रीलंकाको टोलीले आजदेखि आफ्नो खेल सुरु गर्ने भएको छ । आईसीसी टी–२० वरीयतामा तल परेको कारण श्रीलंकाले प्रतियोगिताको समूह–१२ चरणमा सीधै छनोट हुन सकेको थिएन । त्यसैले यस पटक उसले छनोट चरणमा खेल्नुपर्छ ।

हालको फर्मको हिसाबले यो खेलमा श्रीलंकाको टोली जितको दावेदार हो । नामिबियाको टोलीले मेमा अन्तिम टी–२० सिरिज खेल्न सफल भएको थियो । त्यसपछि जिम्बाब्वेलाई ३–२ ले हराएको थियो । अभ्यास खेलमा नामिबियाले आयरल्याण्डलाई ११ रनले पराजित गरेको थियो ।