
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन् ।
शनिबार उनी पार्टीका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एक रिसोर्टमा पुगेका हुन् ।
ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ ।