१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।’

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।