
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैमा बनेको अवैध संरचनामा डोजर चलाएको छ ।
महानगरले आज बिहान थापाथलीको सुकुम्बासी बस्तीनजिकै रहेको अबैध संरचना माथि डोजर चलाएको हो ।
महानगरले सुकुम्बासी बस्तीको अतिक्रमित घरहरु, रुद्रेश्वर मन्दिरसँगै रहेको क्रियापुत्री भवन भत्काएको जनाएको छ ।
हिजो महानगरले थापाथलीको सडकमा ठेलागाडा पनि हटाएको थियो । महानगरभित्र रहेका अवैध संरचना हटाउन महानगर सक्रिय हुदै आएको छ ।