काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसियुमा सारिएको छ । शरीरमा अक्सिजन लेभल कम भएपछि जोशीलाई आइसियुमा सारिएको हो ।
किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जोशीलाई निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको जनाएका छन् ।
२० दिनदेखि जोशीको सूक्ष्म निगरानीमा उपचार भइरहेको छ।