
काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारी जारी विज्ञप्तिमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उठेका गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका र तिनका प्रस्तावक र समर्थकसमेतलाई कारबाही गरिएको जनाइएको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) घ उल्लंघन गरेको भन्दै धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विज्ञप्तीमा जनाइएको छ ।