१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मङ्सिर र पुसमा छैनन् नेपाली फिल्म



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् ।

निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । “जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुनसक्छ”, वितरक श्रेष्ठले बताउनुभयो ।

नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गर्ने कलाकार रवीन्द्र सिंह बानियाँ बताउनुहुन्छ । निर्मातासमेत रहनुभएका बानियाँले आफूले निर्माण गरेको फिल्म ‘महापुरुष’ कात्तिकमै प्रदर्शन तोकिएको बताउनुभयो ।

“यस अगाडि पनि पुसमा खासै फिल्म रिलिज हुन्थेनन् । मङ्सिरमा भने निर्वाचन र विश्वकपले नै असर गरेर रिलिज नभएका हुनसक्छ ।” कलाकार बानियाँले भन्नुभयो, “पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौँ ।”

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन कोरोना महामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दसैँ तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मङ्सिर र पुस खाली झैँ छ । माघे सङ्क्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन तय गरेका छन् । वितरकसँगकको सल्लाहपश्चात यो गरिएको हुनसक्छ ।”

केही समययता मल्टिप्लेक्सले नेपाली फिल्मलाई प्रदर्शन गर्न नदिएको र समयमै प्रदर्शन अनुमति नखोलेको आरोप फिल्मकर्मीले लगाउने गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रदर्शनमा आउने नपाउनेसँग आफूहरूको कुनै सरोकार नहुने बताउनुहुन्छ । “देखिरहेको समस्या सुन्ने निकाए हामी नै हो । यद्धपि हामीले नीतिगत रुपमै यसको समधान गर्नुपर्छ । बोर्डसँग रहेको अधिकार बाहेक भावनात्मक भएर हामीले केही गर्न सक्दैनौँ र हुँदैन”, अध्यक्ष केसीले भन्नुभयो ।