१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आर्सनलले लिभरपुललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको जारी सिजनमा उत्कृष्ट लयमा रहेको आर्सनलले लिभरपुलमाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले घरेलु मैदान इमिरेट्समा लिभरपुललाई ३–२ गोलले पराजित गरेको हो । आर्सनलका लागि बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन न्युनेज र रोबर्टो फिर्मिनोले एक–एक गोल फर्काए ।

खेलको सुरुवाती पहिलो मिनेटमा नै मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । ३४ औं मिनटेमा न्युनेजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । तर, ५३ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–२ को स्थितीमा लगे । यता, ७६ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । त्यस अवसरलाई साकाले खेर जान दिएनन् र आर्सनललाई जित दिलाए ।

जितसँगै ९ खेलबाट २४ अंकसहित आर्सनल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । लिभरपुल ८ खेलबाट १० अंकसहित १० औँ स्थानमा छ ।