१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इतिहासमा आज ४ अक्टोबरमा भएका महत्वपूर्ण घटना



अ+ अ-

अक्टोबर ४ ग्रेगोरियन पात्रोअनुसार वर्षको २७७ औँ दिन हो (लिप वर्षमा २७८ औँ)। वर्ष सकिन अझै ८८ दिन बाँकी छ । इतिहासमा अक्टोबर ४ मा के कस्ता महत्त्वपूर्ण घटना भएका थिए ? केही जानकारीसहित :

– सन् १२२७ मा मा खलीफा अल–अदिलको हत्या भएको थियो।

– बाइजान्टिन साम्राज्य र भेनिस गणतन्त्र बीच एक शान्ति सम्झौता सन् १३०२ मा हस्ताक्षर गरिएको थियो।

– मेक्सिको सन् १८२४ मा गणतन्त्र भयो।

– सन् १८३० मा नेदरल्याण्ड्सबाट अलग भएर बेल्जियम साम्राज्य बन्यो ।

– अमेरिकाले सन् १९४३ मा जापानीहरूबाट सोलोमन कब्जा गरेको थियो।

– सोभियत संघले सन् १९५७ मा स्पुतनिक नामक पहिलो उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो। यहीँबाट अमेरिका र सोभियत संघबीच अन्तरिक्ष दौड सुरु भएको मानिन्छ ।

– सन् १९६३ मा ‘फ्लोरा’ नामक आँधीले क्युबा र हाइटीमा ६ हजार मानिसको ज्यान लिएको थियो ।

– दक्षिण अफ्रिका सरकारको भेदभाव नीतिको विरोधमा भारतले सन् १९७४ मा डेभिस कपमा भाग लिन अस्वीकार गरेको थियो।

– सन् १९७७ मा भारतका विदेशमन्त्री अटल बिहारी वाजपेयीले संयुक्त राष्ट्रसंघको महासभालाई हिन्दीमा सम्बोधन गरेका थिए। यो हिन्दीमा दिइएको पहिलो सम्बोधन थियो।

– १६ वर्षीय पाकिस्तानी ब्याट्सम्यान शाहिद अफ्रिदीले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रियमा ३७ बलमा शतक बनाएर विश्व कीर्तिमान बनाएका थिए।

– सन् २००० मा चाङ चुन शिउङ ताइवानको नयाँ प्रधानमन्त्री बने ।

– सन् २००२ मा पाकिस्तानमा शाहिन मिसाइलको परीक्षण गरिएको थियो ।

– सन् २००५ मा बाली बम विष्फोटमा संलग्न दुई संदिग्ध पक्राउ परेका थिए ।

– जुलियन असान्जले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए ।

– सन् २०११ मा अमेरिकाले इस्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल–बगदादीलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो र उनीमाथि एक करोड डलर इनाम पनि राखेको थियो।

– सन् २०११ मा नोबेल पुरस्कार समितिले सन् २०११ को भौतिकशास्त्रको नोबेल पुरस्कार संयुक्त राज्य अमेरिकाका सोल पर्लमुटर र एडम रेइस र अमेरिकी मूलका अष्ट्रेलियाली ब्रायन श्मिटलाई दिने घोषणा गरेको थियो।

– सन् २०११ मा भारतका प्रधानमन्त्री मनमोहन सिंहसँग अफगान राष्ट्रपति हमिद कारजाईको भ्रमणका क्रममा रणनीतिक मामिला, खनिज सम्पदाको बाँडफाँड र तेल र ग्यास अन्वेषणमा साझेदारीका तीनवटा सम्झौतामा हस्ताक्षर भएको थियो।

– सोमालियाको राजधानी मोगादिसुमा शिक्षा मन्त्रालय नजिकै भएको आत्मघाती कार बम विस्फोटमा कम्तिमा ६५ जनाको मृत्यु भएको थियो।

– अलग तेलंगाना राज्यको लागि आन्ध्र प्रदेशमा २०११ मा २२ औँ दिनसम्म हडताल जारी रह्यो।

– दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अख्तराबाद क्षेत्रमा सन् २०११ मा शिया मुस्लिम समुदायका १२ जनालाई सशस्त्र व्यक्तिहरूले गाडीबाट निकालेर मारेका थिए।

– भारत र स्विट्जरल्याण्डले २०११ मा भारतीय राष्ट्रपति प्रतिभा पाटिलको भ्रमणको क्रममा वित्तीय क्षेत्रमा सहयोगको लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

– मेक्सिकोको नेशनल इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी एण्ड हिस्ट्रीले सन् २०११ मा उत्तरमा रहेको डुराङ्गो प्रान्तबाट प्राप्त मानव हड्डीको आधारमा यहाँका आदिवासीहरू प्राचीनकालमा नरभक्षी भएको दाबी गरेको थियो ।

– विश्व नम्बर एक डबल ट्र्याप शूटर भारतका रोन्जन सोधी संयुक्त अरब इमिरेट्सको अल ऐनमा भएको २०११ को विश्वकपमा ओलम्पिक पदक विजेता चीनका बिनयुआनलाई हराएर आफ्नो उपाधि रक्षा गर्ने विश्वकै पहिलो खेलाडी बने।

– सन् २०११ मा रोजगारीको खोजीमा बेलायत आउने विदेशी डाक्टरहरूलाई राष्ट्रिय स्वास्थ्य सेवामा काम गर्न अंग्रेजी परीक्षा उत्तीर्ण गर्न अनिवार्य गरिएको थियो।

– कुवेतको सबैभन्दा ठूलो रिफाइनरी मिना अल–अहमदीमा २०११ मा भएको विस्फोटमा चार तमिलनाडु कामदारको मृत्यु भएको थियो।

– सन् २०१२ मा चीनमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो ।

– फर्मुला वनका बादशाह माइकल सुमाकरले सन् २०१२ मा अवकाश लिएका थिए ।