१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हिउँचितुवाको स्वभाव लजालु र भलादमी



अ+ अ-

काठमाडौं । सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाले, त्यतिबेला उनको शरीर थरथर काँपिरहेको थियो ।

तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उनलाई लागेको थियो । उनीसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा। रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराराएका थिए तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन् । बरु लजालु, भलादमी स्वभावका थिए । मान्छे देख्दा लुसुक्क भाग्ने, लुक्ने प्रकृतिका थिए ।

बिरालो प्रजातिका पाटे बाघ, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, चरीबाघ, जङ्गली बिरालोलगायतका जनावर हिंस्रक हुन्छन् भन्ने सैद्धान्तिक ज्ञान सिकाएका विश्वविद्यालयका प्राध्यापकले हिउँचितुवाको बासस्थानमा गएर उसको आनीबानी, व्यवहार अवलोकन गर्नु र त्यसलाई लिपिबद्ध गर्नु कक्षाकोठामा पढाएजस्तो सजिलो थिएन । त्यति बेलाको अनुभव सम्झँदै प्रा। शाहले भने, “अध्ययन सुरु गर्दै गर्दा हिउँचितुवा जति डरलाग्दो र हिंस्रक होला सोचिएको थियो, त्यो पटक्कै भेटिएन तर ऊ त यति भलादमी र लजालु रहेछ कि हामीले सोचेको भन्दा निकै फरक । हामी देख्दा ऊ लुक्यो, हामी अगाडि बढ्यौँ, ऊ लुसुक्क पर भाग्यो, हामी उसको नजिक पुग्नै थाल्यौँ, ऊ त भीरबाट हामीले नदेख्ने गरी खोल्सीमा झर्यो । हामीतिर उसले खासै वास्ता गरेन । बाघ, चितुवा भएको भए हामीलाई बाँकी राख्दैनथ्यो होला ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।