१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अवसर नपाए अनुहार अध्यारो हुने पाए छोइनसक्नु हुने प्रवृति बढ्यो: माधब नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ ।

बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो । उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनु भयो ।

उहाँले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताउनु भयो । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताउनु भयो । उहाँले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरु तयार गर्न सकियोस् । समाजका परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडी बढाउन सकियोस् । किनभने हामी नै सबै हिसावले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन ।

अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ । त्यसैले हामी अरुजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ । जब हामी आफै व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छौं, अनि बल्ल अरुको विश्वास जित्न सक्छौँ ।’

उहाँले मानिसहरुमा आफूले पटक–पटक अबसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताउनु भयो । आफूले पाएको छैन भने अनुहार अध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उहाँले टिप्पणी गर्नुभयो ।