२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्सेको दशैँअघिको अन्तिम कारोबार, १६.२९ अंकले वृद्धि



symbolic picture
अ+ अ-

दशैँअघि शेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ ।

पछिल्लो समय लगातार रुपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो । दशैँअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ ।

बिहीवार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो ।

बिहीवार नेप्सेका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ ।

बिहीवार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ । तर यता सामलिङ्ग पावरको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको ३।६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ ।

बिहीवार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ । शेयर बजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ ।