१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ताप्लेजुङ फुङ्लिङमा मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ ।

असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपाने बताउनुभयो ।

प्रतियोगितामा ताप्लेजुङको सबै स्थानीय तहले उत्साहजनक भागलिएको आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवं खेल संयोजक क्षितिज सुनुवारले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले रु एक लाख ४० हजार एक सय पाउनेछ । सेमीफाइनमा पुग्ने दुई समुहलाई तृतीय पुरस्कारस्वरुप रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।