२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भयो: महेश बस्नेत



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताउनुभएको हो । उहाँले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताउनु भयो । नेता बस्नेतले पछिल्लो समय युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादीे,वाइसेल,काँग्रेस,नेविसंघ लगायतले भ्रम छरेको आरोप लगाउनु भयो । नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताउनु भयो । उहाँले त्यसको लागि अन्तराष्ट्रिय मिसिनहरु समेत परिचालित भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘युवाहरुमा देखिएको निराशालाई समयमा नै राष्ट्रिय युवा संघले सम्हाल्न नसके विदेश पलायन हुने छ । विकृति विसङ्गतितिर जान्छ । जसरी अहिले अराजकतावादी समूहले युवाहरुमा निराशाको बीउ रोपिरहेको छन् । अराजकता वादीहरुले रोपेको बीउ युवा संघले नष्ट गर्न सकेन भने विकृती विसङ्गतिमा फस्छ । त्यस्तो निराशा बीउ तोड्न नसके युवाहरुको समुह अवराधिक कर्ममा जान खोज्छ ।

अहिले सामाजिक सञ्जालमार्फत प्रकट भइरहेका अपराधिक गतिविधिहरुमा अराजक समूहहरुले यो समूहलाई पहिचान गरिरहेको छ । अराजक समूह अहिले भौतिक रुपमा वा साइवर मार्फत माओवादीे,वाइसेल,काँग्रस,नेविसंघ,भिम उपध्याय भएर,खगेन्द्र संग्रौला,बालेन शाहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ । नेपालमा राजनीतिक अस्थिरता फैल्याउने र दलित, महिलाको पक्षमा,मधेस,जनजातीको पक्षमा बोल्न पार्टी विचार नेता कार्यकतालाई समाप्त गरिदिने र नेपालमा दलालहरु उत्पादन गर्ने महाशक्ति राष्ट्रका खेतला र गोठालाहरु उत्पादन गर्न अराजकतावादी शक्तिहरु लागेका छन् । अनेक खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित छन् । त्यहाँ युवाहरुलाई भुलाइएको छ त्यहाँबाट युवाहरुलाई ल्याउन आवश्यक छ ।’

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्चाल र साइवरमार्फत एउटा कोठामा बसेर एमालेलाई गरेको आक्रमण गरेको बताउनु भयो । नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने मान्छे रहेको बताउनु भयो । उहाँले नक्कली आइडी बनाएर गाली गर्नेहरुलाई राम्रो सम्बोधन गर्न नसकिने बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा एमाले माथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताउनु भयो । उहाँले युवा संघले नविनता,गतिशिलतासँगै रहर लाग्दो, भर लाग्दो र डर लाग्दो युवा संघ अगाडि जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताउनु भयो ।