११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गठबन्धनलाई एमालेको भेलले बगाउछ: केपी ओली



अ+ अ-

काठमाडौ. । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकीर समेत गर्नु भयो । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दावी गर्नु भयो ।

अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनेक थरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन । त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र । यो गठबन्धन मरिगए छोडदैन । यो त्यान्द्रो समातेनन् । र, छोडेभने यिनीहरु त्रिशुलीको भेलमा पुगजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरुले गठबन्धन नामको या त्यान्द्रो छोडदैनन् । यो समाती राख्न यिनीहरु बाध्य छन । किनकी एमालेको भेल यस्तो आईराखेको छ । बगाउँछ । यसमा जहाँ नेपाली, त्यहाँ एमाले । देश भित्र मात्रै होइन, देश बाहिर पनि जहाँजहाँ नेपाली पुगेका छन । त्यहाँ एमाले पुगेको छ । त्यसकारण जहाँ नेपाली, त्यहाँ एमाले ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहो¥याउनु भयो ।