१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कहिले हुन्छ कक्षा १२ को परीक्षा ?



अ+ अ-

काठमाडौं । कोररोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ। कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ। सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। 

बोर्डका परीक्षा  नियन्त्रक कृष्णप्रसाद शर्माले  तीन  लाख ७४ हजार जना विद्यार्थी  परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये   ८४५   जना   विद्यार्थी मात्र  खोप  लगाउन  बाँकी  रहने देखिएको  बताए । अन्य सबै विद्यार्थी १८ वर्ष पूरा भइसकेका छन् र उनीहरूले खोप लगाउन पाउने छन्। बोर्डका    अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या  राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको  तथा  सकारात्मक जवाफ प्राप्त भएको  जानकारी  दिए ।

कक्षा  १२  को  परीक्षामा  सहभागी हुने  विद्यार्थीलाई  आगामी  साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ। देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीन÷चार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ। 

सरकारले कक्षा १२ को विद्यार्थीलाई  खोप  लगाउने  सूचना जारी गरेको एक÷दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ। विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ। गोरखापत्रमा खबर छ ।