२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मध्यपुर थिमि वडाव्यापी फुटबल लिगको तयारी पूरा



अ+ अ-

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिवारबाट आयोजना हुन लागेको मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

शुक्रवार आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर आसोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा गर्दैछन् । आयोजकले सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेलाउने तयारी गरेको छ । कुल ३६ खेल हुने प्रतियोगितामा हरेक वडाका टोलीले ८ खेल खेल्ने प्रतियोगिताका लिग निर्देशक र म्याच कमिस्नर एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिनुभयो ।

करिव महिनासम्म आयोजना हुन लागेको लिगमा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्ने प्राब्धान आयोजकले तोकेको छ । साथै सम्बन्धित वडाका खेलाडीले सोही वडाको प्रतिनिधित्व गर्नुपर्नेछ । शनिवारबाट आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल वडा नं १ र ४ बीच दिउँसो तीन बजे प्रतिष्पर्धा हुनेछ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुनेछ ।

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली घोषणा गरिनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

सार्वेत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ ।

प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेको छ । नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । सहभागी प्रत्येक टोलीलाई तयारी स्वरुप जर्सी र बल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बीमा समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ । जसमा एशोसिएशनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता
संयोजक समिति गठन गरिएको छ ।

त्यस्तै लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंह रहेका छन् भने मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतीको संयोजकत्वमा प्रचारप्रसार समिति, प्रतियोगिता स्थलको जिम्मा राजेश श्रेष्ठलाई तोकिएको छ ।