
काठमाडौँ । पछिल्लो समय अवैध संरचना हटाउँदै आएको काठमाडौँ महानगरपालिकाले आज वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएको छ ।
महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेको थियो । समयसीमा सकिएपछि महानगर डोजर लिएर एक्शनमा उत्रिएको हो ।
यद्यपि, व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका थिए ।
वीर अस्पताल अगाडि नक्सा पास नभएको संरचनामा पाँच वटा औषधि पसल सञ्चालनमा छ ।