२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दार्चुलाका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्सको सहयोग



अ+ अ-

काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन)ले राहत सामग्री उपलब्ध गराएको छ ।

बाढीपहिरो पीडित करिब १०० परिबारलाई सावर हङकङ चाइनाको आर्थिक सहयोगमा भिसिएनले राहत सामग्री उपलब्ध गराएको हो ।

बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । बाढी गएगलत्तै प्रभाबति क्षेत्रमा पुगेको टोली गत मंगलबार र बुधबार जिल्ला सदरमुकाम क्षेत्रमा एक कार्यक्रमको आयोजना गदै बाढीपहिरो पीडितलाइ सहयोग सामग्री उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष दिपक चापागाईका अनुसार महाकाली नगरपालिका क्षेत्रका १७ जना डुङरी बडालीगाउँका पहिरो पीडितलाई

दाल,चामल,भाडाकुडा,कम्बल,साबुन,बाल्टी,जग,सोलार बत्ती,ब्रस,त्रिपाल,नुन तेल लगायतका सामग्री सहयोग गरेको हो ।