
काठमाडौं । सरकारले निवासमा नजरबन्दमा राखेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाएको छ ।
आज सर्बोच्च अदालतफर्कने तयारी गर्नुभएका राणालाई सरकारले निबासमा नै नजरबन्दमा राखेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले प्रधानन्यायाधीश जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।
यसै गरी स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ । औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ ।