२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

परमादेश भन्दा ताजा जनादेश नै ठिक: डा. खिमलाल देवकोटा



अ+ अ-

काठमाडौं। राष्ट्रियसभाका सदस्य खिमलाल देबकोटाले  राजनीति स्थीरताका लागि निर्बाचन नै उत्तम बिकल्प भएको जनाउनु भएको छ ।  देबकोटाले संसदमा परमादेशको रोईलोबाहेक अरु खासै केही पनि नसुनिएको र  प्रदेश संसदको स्थिती पनि प्रायः यस्तै भएका कारण अलिकती राजनीति संङलिए पछि चुनावमा जाँदा नै बेश हुने जनाउनु भएको हो ।  

उहाँले लेख्नु भएको छ- संसदमा परमादेशको रोईलोबाहेक अरु खासै केही पनि सुनिदैन । प्रदेश संसदको स्थिती पनि प्राय यस्तै नै हो । अलिकती राजनीति संङलिएपछि चुनावमा जाँदा नै बेश होला । पाँच दलीय गठवन्धनलाई चुनावमा बहुमत ल्याउन खासै गाह्रो नहोला । मेरो विचारमा यो गठवन्धले चुनावमा दुई तिहाई भन्दा पनि अधिक जनादेश ल्याँउछ । हुन त तत्कालीन प्रधानमंत्री केपी शर्मा ओलीले दुई तिहाई वहुमत ल्याउछु भनेर दुई-दुई पटक संसद विघटन गराएका थिए । प्रचण्ड बहुमत ल्याएर मूलढोकाबाट नै छिर्छु भनेर संसदमै बोलिपनि सके । उनको ईच्छा पनि पुरा गरौ । चुनावमा नै जाऔ । तर चुनावका लागि केही आधारभूत शर्त  राजनीतिक दलहरुका बीच सहमती, न्यूनतम कानूनहरुको तर्जुमा, संसदमा विचाराधीन विधेयकहरुको अनुमोदन र सबै नागरिकहरुलाई कोभिड– १९ को खोप पुरा हुन जरुरी छ ।