
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाबौद्ध क्षेत्रमा रहेका सार्वजनिक स्थान र फुटपाथ क्षेत्र ओगटेर बसेको मिनी मार्केट हटाउन थालेको छ ।
महाबौद्ध क्षेत्रमा सार्वजनिक क्षेत्र अतिक्रमित गर्दै होलसेल पसल, चाइनिज मार्केट, मिनी मार्केट राखिएका छन् । अनधिकृतरुपमा राखिएका त्यस्ता व्यवसायलाई महानगरले माइकिङ गरेर हट्न दिएको छ ।
भोलि बिहीबारसम्ममा अनधिकृतरुमा राखिएका त्यस्ता व्यवसायह नहटाए महानगर प्रहरीले सामान नै जफत गर्ने र कारबाही गर्ने चेतावनी दिएको छ । केही व्यवसायीले सार्वजनिक स्थानमा रखेका त्यस्ता पसल आफैँले हटाएका छन् ।