
ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाई भेटवार्ता गरेका छन् ।
खुमलटारमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।