
काठमाडौं । काठमाडौं महानगरपालिका १६ स्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।
माछापोखरीमा रहेको गुणस्तर विभागको कार्यालय पछाडिको क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरीले जानकारी दिएका छन् ।
महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको छ ।