१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाकसमा आए २४ नेपाली



अ+ अ-

काठमाडौं । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत  मलेसियामा  रोकिएका  शव  र  अस्थु  शनिबार  विमानस्थल  ल्याइपु(याइएको  हो  ।  वैदेशिक  रोजगार  बोर्डको  सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल  आइपुगेका  नौवटा  शव  शनिबारै  मृतकको  घरसम्म  पठाइएको  बोर्डले  जनाएको  छ  ।  यसरी  विदेशबाट  आएका शवको बोर्डले निःशुल्क घरसम्म पुर्याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले  विदेशमा  कमाएर  पठाएको  विप्रेषणले  देशको  झन्डै  एकतिहाइ  अर्थतन्त्र  धानेको  भन्दै  सरकारले  गर्वसाथ  तथ्य  सार्वजनिक  गर्दै  आएको  छ  ।  तर,  कमाउन  गएका  युवाशक्ति  विदेशमा  कामकै  क्रममा  विभिन्न  कारणले  मृत्यु  भएर  बन्द  बाकसमा  फर्किंदा  देश,  समाज,  उनीहरूका  आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ?

रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् । पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा  सङ्कलन  भएका  शव  १५  देखि  महिना  दिनको  बीचमा  एकैपटक  ल्याउने  गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।