२८ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आजबाट सोह्रश्राद्ध शुरु, नदी किनारमा श्राद्ध गर्नेहरुको भीड- फोटोफिचर



अ+ अ-

काठमाडौँ । आजबाट विधिवत सोह्रश्राद्ध शुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत शुरु हुन्छ । आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको भीड लाग्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (वागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरुको भीड रहेको छ ।

आज तनहुँ र चितवनको देवघाटधाम, म्याग्दीको गलेश्वर, बराहक्षेत्र, रुरु क्षेत्र लगायतका पावन भूमिमा श्राद्ध गर्नेहरुको भीड छ । तिथि घटबढका कारण आजै प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्नेछ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधा दान र पिण्डदान गरिन्छ । चाडपर्व,यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने शास्त्रोक्त कथन रही आएको छ ।

यो समय पितृहरुले आश गरेर बसेको हुने भएकोले पनि पितृलाई पिण्डदान र तर्पण दिने गरिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र  पितृऋणबाट पनि मुक्त मिल्ने कथन छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने धार्मिक विश्वास पनि रही आएको छ ।

पितृ पक्ष सकिएलगत्तै बडा दशैँ शुरु हुन्छ । ठूलो चाडअघि पितृहरुलाई सन्तुष्ट पार्नु वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको धार्मिक मान्यता छ । जसकारण पनि आजबाट १६ दिनसम्म पितृहरुलाई तर्पण, पिण्डदान, सिधा दान गरेर सोह्रश्राद्धको समापन गरिन्छ ।