१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६(०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत हो । यसबाहेक सडक ३ अर्ब ५३ करोड ५९ लाख बाँकी छ ।

प्राधिकरणले विलिङ गरेपछि आम्दानीको रुपमा देखाउने भएकाले ठूलो रकम बक्यौता भएपनि नाफा भने धेरै सार्वजनिक गर्दै आएको छ । महालेखाका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ६८ करोड रुपैयाँ खुद आम्दानी (नाफा) गरेको छ ।

जुन आव २०७५/०७६ मा ९ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले असुल गर्नुपर्ने ट्रंक र डेडिकेटेडको महसुलका लागि आव २०७५(०७६ मा ६ अर्ब ३४ करोड रुपैयाँको बिजक अर्थात् बिल जारी नगरेकोमा सो रकममध्ये आव २०७६/०७७ मा २ अर्ब १५ करोडको बिल जारी गरेको छैन ।

आम्दानी, खर्च र नाफाको आधारमा विद्युत् चुहावट लेखांकन गरिने नियमअनुसार महालेखा र प्राधिकरणको वित्तीय विवरण फरक परेकाले चुहावटको अंक पनि मिलेको छैन । महालेखाका अनुसार आव २०७५/०७६ मा १६.६२ प्रतिशत रहेको चुहावट आव २०७६/०७७ मा १५।९९ प्रतिशतमा कायम भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।