
काठमाडौं । सर्लाही ४ बाट हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेसको उम्मेदवारमा सिफारिस भएका छन् ।
उनी सर्लाही क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएका हुन् ।
जोगिन्दरले फेसबुकमार्फत आफ्नो नाम एक नम्बरमा सर्वसम्मत सिफारिसमा परेको जानकारी गराएका छन् ।
रिलालले लामो समय टेलिभिजनमा ‘जोगिन्दर के पान कि दुकान’ हास्य श्रृंखला चलाएका थिए ।