६ बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान एसिया कपको सुपर ४ मा



अ+ अ-

एजेन्सी । अफगानिस्तानले युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा सुपर ४ मा स्थान बनाएको छ ।

मंगलबार राति सम्पन्न खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले लगातार दोस्रो जितसहित सुपर ४ मा स्थान बनाएको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

अफगानिस्तानका नाजिबउल्लाह जाड्रानले अविजित रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै, इब्राहिम जाड्रानले ४१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे । हाज्रातुल्लाह जाजइले २३ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो।

बंगलादेशका मोसाडिक होसेनले अविजित ४८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै, महमुदुल्लाहले २७ बलमा १ चौकासहित २५ रन जोडे । मेहेदी हसनले १४ रन बनाए ।

अफगानिस्तानका मुजिबउर रहमान र राशिद खानले ३/३ विकेट लिए । यस जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

अफगानिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित बंगलादेश भने अंकविहीन रहेको छ ।