१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काँग्रेस महाधिवेशन तयारी प्रारम्भ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।

क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा। मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले यसको कार्यान्वयनका लागि नेताहरूलाई जिम्मा दिने गरी सिफारिस गरेको हो । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद समाधान भएपछि अब १४ औँ महाधिवेशन तयारी सुरु भएको बताए । अब क्रियाशील सदस्यताको नामावली पार्टीबाट गठित निर्वाचन समितिलाई बुझाउने र समितिले निर्वाचनको कार्यक्रम अघि बढाउने जानकारी उनले दिए ।

निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाई क्रियाशीलको अन्तिम सूची उपलब्ध गराइने छ । पार्टीले यसअघि नै कानुनविद् महादेव यादवको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाइसकेको छ । समितिले आफ्नो काम प्रारम्भ गरिसकेको संयोजक यादवले जानकारी दिए ।

छानबिन समितिले गरेको निर्णयअनुसारको नामावलीमा कुनै परिवर्तन नगरिने बताइएको छ । साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवार भई निर्वाचित भएका कुनै नेता, कार्यकर्ताले क्रियाशील सदस्यता नपाएको अवस्थामा त्यस्ता व्यक्तिले निर्वाचित भएको प्रमाणसहित माग दाबी गरेमा क्रियाशीलको सूचीमा नाम समावेश गर्ने र त्यस्तो व्यक्तिलाई केन्द्रले सदस्यता दिने सिफारिस छानबिन समितिले गरेको छ ।

बाराको विवादित ११६ वटा फाराम र सोलुखुम्बुको ५१५ नामावलीलाई पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि स्थगित गर्ने र महाधिवेशनपछि प्रक्रिया पु(याई सदस्यता दिन छानबिन समितिले पार्टीलाई सिफारिस गरेको छ ।

यस्तै सप्तरीको प्रतिनिधि सभा क्षेत्र १, २, ४ र बाराको प्रतिनिधि सभा क्षेत्र १ र ४ को नयाँ क्रियाशील सदस्यता १४ औँ महाधिवेशनका लागि स्थगन गरी महाधिवेशनपछि प्रक्रिया पु(याई सदस्यता प्रदान गर्न सिफारिस गरिएको छ तर धनुषाको प्रतिनिधि सभा क्षेत्र ४ र सर्लाहीको क्षेत्र २ को विषयमा भदौ १२ गतेभित्र निर्णय गरिने भएको छ ।

साथै कुनै पनि वडामा १३ औँ महाधिवेशनको क्रियाशील सदस्य सङ्ख्याभन्दा समायोजनको क्रियाशील सदस्यता बढी भएमा बढी भएजति १४ औँ महाधिवेशनका लागि स्थगित गरी महाधिवेशनपछि प्रक्रिया पु(याएर सदस्यता दिइने छ ।

समायोजन समितिले केन्द्रबाट प्रक्रिया पु(याई क्रियाशील सदस्यता दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउन पनि छानबिन समितिले सिफारिस गरेको छ ।

यसअघि सोमबार छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाएको थियो । काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्म १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।