१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्नेः नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

आईतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।

उहाँले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताउनु भयो । उहाँले सबै नागरिकहरुलाई सिपको तालिम दिनुपर्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरु मात्रै विकासमा अगाडी बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ति देशहरु मात्रै विकासमा अगाडी बढेको पाउनुहुन्छ । जहाँका नागरिकहरु अत्यन्तै अनुशासित छन् । जहाँका नागरिकहरु अत्यन्तै मेहनती छन् । जहाँका नागरिकहरु आफ्नो देशलाई माया गर्दछन् । जहाँका नागरिकहरु ज्ञान, बुद्धि, विवेकले भरिपूर्ण हुन्छन् । जहाँका नागरिकहरु सबै क्षेत्रमा उत्कृष्ट हुन्छन् । त्यही देशले प्रगती गरेको तपाई पाउनुहुन्छ । नेपाल देशलाई पनि प्रगतीको बाटोमा लिएर जानुछ भने नेपाल देशलाई पनि गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्नुछ भने हामीले असल नागरिक उत्पादन गर्नुपर्छ । त्यसको निम्ति शिक्षा प्रणाली ठिक हुनुपर्छ ।

यो शिक्षा प्रणाली ठिक गर्नका लागि हाम्रो शिक्षा प्रणालीमा के–के कमजोरीहरु छन् ? अहिलेको व्यवहारलाई निर्देशित गर्ने शिक्षा प्रणाली छ कि छैन ? पढाइ, पढाइको निम्ति हो कि पढाइ समाजको परिवर्तनको निम्ति हो ? या उत्पादनमा वृद्धि गर्नका निम्ति हो ? देशको विकास गर्नका निम्ति हो ? ज्ञान र बुद्धिको सदुपयोग गर्नका निम्ति हो ? भन्ने कुरामा हामीले प्रष्ट भएर तदनुरुपको शिक्षा नीति अवलम्वन गर्नुपर्छ । सबै नागरिकहरुलाई हामीले सिपको तालिम दिनुपर्छ । यस अर्थमा हामी प्राविधिक र व्यवसायिक शिक्षालाई पनि धेरै जोड दिन चाहन्छौँ । महत्व दिन चाहन्छौँ ।’

उहाँले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरुमा बिस्तार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।