१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कर नतिर्नेका ढोकामा महानगरको माइकिङ्: कर नतिरे २४ गतेबाट सेवा बन्द (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले आज सेवा रोक्का गर्ने सूचना टाँसेको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो । यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति÷व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति÷व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।    

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ ।

 

आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना टे«ड सेन्टर, केशा प्रपर्टीज प्रा= लि=, आर= वी= कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा गएको टोलीमा नगर प्रहरी र महिला नौमती श्रमिक सहकारी समूहका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । 

करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो । यसैगरी महिला सहकारीको टोलीले पञ्चेबाजामा गीतमार्फत कर तिर्न आउन अनुरोध गरेको थियो । 

जागरणका लागि गाइएको गीत यस्तो थियो ।
महिला बाजा नमान्नु भारी
कर तिर्दिए हुनेथ्यौँ आभारी