
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटाहिटी (रत्नपार्क अन्डरपास) सब–वेमाथिको अवैध संरचना भत्काउन सुरु गरेको छ ।
महानगर प्रहरी आफैँले भोटाहिटी र रत्नपार्क जोड्ने सो अन्डरपासमाथि बनेको अवैध संरचना भत्काउन सुरु गरेको हो ।
सब–वेमाथि पैदलयात्रुलाई हिँड्ने भए पनि त्यहाँ व्यापार गर्ने उद्देश्यले नक्साविपरीत थप संरचना बनाइएको थियो । साथै सब–वेभित्रका केही संरचनासमेत भत्काइएको छ ।
नक्साअनुसार सब–वेभित्र सात सटरमात्र नक्सा पासअनुरुप थिए ।